काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र ग्लोबल आईएमई बैंक बीच सम्झौता भएको छ । एससीटीले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहँुच सजिलै पुर्याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ्ग सोलुसनमार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आईएमई बैंक लिमिटेडसँग सम्झौता गरेको जनाएको छ ।
एससीटीले गहन अध्ययन र अनुसन्धान गरी विगत दुई बर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षण पश्चात सञ्चालनको अवस्थामा ल्याइको यस उपकरणमा मोबाइल बैंकिङ्ग, ई–बैंकिङ्ग, सेल्फ बैंकिङ्ग, स्मार्ट क्यूआर र कार्डमार्फत दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुनेछन् । ...