सानिमा लार्ज क्याप फण्ड (Sanima Large Cap Fund) को प्रति इकाई मूल्य रु.१०/– अंकित दरको १०,००,००,००० (दश करोड) इकाईहरु मिति २०७७/१०/०९ गतेदेखि २०७७/१०/१५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा निष्काशन अवधी भित्र माग गरेभन्दा अधिक इकाई खरिदको लागि आवेदन पर्न आएकोले प्रचलित कानून वमोजिम योजनाको आकारमा २० प्रतिशत थप गरि हुन आएको रु.१०/– अंकित दरको १२,००,००,००० (बाह्र करोड) इकाईहरु मध्ये बीज पूँजीको रुपमा १६.१६ प्रतिशत अर्थात १,९३,८८,९४० इकाई कोष प्रवद्र्घक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई बाँडफाँड भई बाँकी रहेको १०,०६,११,०६० इकाईहरु रितपुर्वक आवेदन दिनुहुने आवेदकहरुलाई माग गरे वमोजिम मिति २०७७।१०।२३ गते बाँडफाँड गरिएको ब्यहोरा अनुरोध गर्दछौं ।
साथै बाँडफाँड सम्बन्धी विवरण आवेदकहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित www.meroshare.cds.com.np बाट हेर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।







