ठमाडौं । यो साता धितोपत्र दोस्रो बजारमा ६ कम्पनीको ४ करोड १५ लाख ८६ हजार १९५ दशमलव ८ कित्ता शेयर थपिएको छ । समृद्धि फाइनान्स र नेपाल फाइनान्सको हकप्रद शेयर ,सानिमा बैंक, चिलिमे हाइड्रोपावर कम्पनी र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको बोनससँगै चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ यो साता नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकृत भएका शेयरहरुमध्य चन्द्रागिरी र एनसीसी बैंकको शेयर आइतवारदेखि काराबारयोग्य हुनेछन् भने बाँकी कम्पनीको सूचीकृत शेयर कारोबारयोग्य भैसकेका छन् ।
सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबार योग्य हुने व्यवस्था अनुसार एनसीसी बैंक र चन्द्रागिरी हिल्सको शेयर भने आइतवारदेखि कारोबार योग्य हुनेछ । एनसीसी बैंकले बिहीवार बोनस शेयर सूचीकृत गराएको हो भने चन्द्रागिरी हिल्सको आईपीओ शुक्रवार सूचीकृत भएको हो ।







