चन्द्रागिरी हिल्सको शेयर नेप्सेमा सूचिकरण, आइतरबाट कारोबार सुरु


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
चन्द्रागिरी हिल्सको शेयर नेप्सेमा सूचिकरण, आइतरबाट कारोबार सुरु

चन्द्रागिरी हिल्सको सेयर नेपाल स्टक एक्सचेन्जमा (नेप्सेमा) सूचीकरण भएको छ । आज नेप्सेमा सुचिकृत भएको कम्पनीको शेयर कारोबार आइतबारबाट सुचारु हुनेछ । नेप्सेले कम्पनीलाई सीजीएच कोड प्रदान गरेर अन्य समूहमा समावेश गराएको छ । 

चन्द्रागिरी हिल्सलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ९६.९९ देखि २९०.०७ रेन्ज तोकेको छ । आइतबार प्रिओपन सेसनमा यदि यो रेन्जभित्र चन्द्रगिरीको सेयर किनबेच भयो भने नियमित समयमा कारोबार खुला हुनेछ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । 

कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भईसकेको छ । यस संगै चन्द्रागिरी हिल्सका शेयरधनीहरुको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही ग्लोबल आईएमई क्यापिटलले गर्ने छ ।

Read More
  • MBL - below news