काठमाडौं : नेप्सेले यस साताको सुरुवात सामान्य करेक्सनबाट गरेको थियो । अघिल्लो साताको अन्तिम विन्दु २४२५.३० बाट घटेर आइतबार नेप्से सूचक २३७०.५५ विन्दुमा आएको थियो । यद्दपि, सोमबादेखि नेप्से पुनः सम्हालिँदै अन्तिम कारोबार दिन बिहीबार २४७५.२७ विन्दुमा बन्द भएको छ । जुन अघिल्लो साताको अन्तिम विन्दु भन्दा २.०६% धेरै हो । राजनीतिक घटनाक्रमहरुका कारण नेप्से यस साता अत्याधिक अस्थिर देखिएको छ ।
तर अधिक तरलता र न्यून ब्याजदरले नेप्सेलाई यस साता पनि माथि उकास्न सहयोग गरेको छ । बिहीबार ७.६१ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण ३३ खर्ब ३४ अर्ब रुपैयाँ कायम भएको छ ।बजार २५०० विन्दुको आसपासमा रहँदा अब के होला ? नेप्से कता जाला भन्ने आम चासो पनि उत्तिकै छ । तर विश्लेषकहरुका अनुसार सेयर बजारमा बेलाबेलामा करेक्सनहरु आउनुलाई स्वभाविक मानिन्छ ।







