भारतीय शेयर बजारमा नयाँ रेकर्ड, सरकारी बैंकमा लगानीकर्ता झुम्मिए


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतीय शेयर बजारमा नयाँ रेकर्ड, सरकारी बैंकमा लगानीकर्ता झुम्मिए

एजेन्सी । भारतीय रिजर्व बैंकको बैठक अघि त्यहाको शेयर बजारमा ठूलो वृद्धि भएको छ । पहिलो पटक त्यहाको बम्बई स्टक एक्स्चेञ्ज( सेबीइ)  सेन्सेक्सले ५१ हजार र नेशनल स्टक एक्स्चेञ्ज (निफ्टी)ले १५ हजारभन्दा माथि पुगेको छ । भारतमा कुल ग्राहस्थ उत्पादन( जिडिपी) भन्दा शेयर बजारको बजार पुँजीकरण बढी भइसकेको छ । भारतीय शेयर बजारको पुँजीकरण २०० लाख करोड पुगेको छ । 

 बजारमा सरकारी बैंकको वृद्धिको सबैभन्दा बढी देखिएको छ । यसका कारण निफ्टी पीएसयू अनुक्रमणिका अर्थात सार्वजनिक क्षेत्रका बैंकहरूको अनुक्रमणिका ६.७७ प्रतिशतले बढेको छ । यसमा एसबीआई स्टकको सबैभन्दा बढी १३ प्रतिशत फाइदा गरेका छन ।

Read More
  • MBL - below news