किन भयो महिला लघुवित्तको आइपिओ निष्काशन मिति परिवर्तन ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
किन भयो महिला लघुवित्तको आइपिओ निष्काशन मिति परिवर्तन ?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २८ गते बुधबारबाट निष्काशन गर्ने भनेको साधारण सेयर (आइपिओ) निष्काशन मिति परिवर्तन भएकाे छ । संस्थाले उक्त आइपिओ माघ ३० गते, शुक्रबारबाट निष्कासन गर्ने जानकारी दिएको छ ।
संस्थाले एक सूचना प्रकाशन गर्दै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले प्राविधिक कारण देखाउँदै मिति परिवर्तन गर्न अनुराेध गरेकाे हुनाले मिति परिवर्तन भएको जानकारी छ ।

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र  ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

Read More
  • MBL - below news