सिडिएससीको अनुरोधमा सर्यो महिला लघुवित्तको आईपीओ निष्काशन मिति, कहिलेदेखि दिन सकिन्छ आवेदन?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिडिएससीको अनुरोधमा सर्यो महिला लघुवित्तको आईपीओ निष्काशन मिति, कहिलेदेखि दिन सकिन्छ आवेदन?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेड आईपीओ निष्काशन मिति सारेको छ। लघुवित्तले सिटिएस एण्ड क्लियरिङ्गको अनुरोधमा निष्काशन मिति सारेको बताएको छ। सिडिएस एण्ड क्लियरिङ्गले प्राविधिक कारण जनाइ सो निष्काशन मिति सार्न अनुरोध गरेको कम्पनीको सूचनामा उल्लेख छ।

लघुवित्तको आईपीओमा अब माघ ३० गतेदेखि छिटोमा फागुन ४ गतेसम्म र ढिलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिनेछ।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्। ...

Read More
  • MBL - below news