आइपीओ बेच्नेकाे धुइराे,मोफसलका झन धेरै,आइपीओ बेच्दा बेच्दै दोस्रो बजारमा पनि बानी पर्दै


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइपीओ बेच्नेकाे धुइराे,मोफसलका झन धेरै,आइपीओ बेच्दा बेच्दै दोस्रो बजारमा पनि बानी पर्दै

प्राथमिक शेयर बजारका लगानीकर्ता भटाभट दोस्रो बजारमा प्रवेश गर्न थालेका छन्।आइपीओमा परेको शेयर बिक्री गर्न भन्दै उनीहरू भटाभट दोस्रो बजार प्रबेश गर्न थालेका हुन्।

 

पछिल्लो समय केही कम्पनीहरूले प्राथमिक शेयर निष्कासन गरेका थिए। उक्त शेयर भर्न भन्दै दैनिक हजारौँ मानिस प्राथमिक शेयर बजारमा प्रवेश गरिरहेका थिए। केन्द्रीय निक्षेप प्रणालीका अनुसार महिना दिनमै प्राथमिक बजार प्रवेश गर्ने लगानीकर्ताको संख्या एक लाख भन्दा बढी हुन थालेको थियो। तर त्यही अनुपातमा दोस्रो बजारमा प्रवेश गर्ने लगानीकर्ता भने बढेका थिएनन्।

तर केही महिनायता भने जसरी प्राथमिक बजारमा लगानीकर्ताहरू प्रवेश गरिरहेका छन्। त्यसरी नै दोस्रो बजार प्रवेश गर्ने लगानीकर्ताहरू बढ्दै गएका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार यति बेला दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता सात लाख आठ हजार १५९ पुगेका छन्। जबकि गत भदौमा दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता जम्मा जम्मी दुई लाख ८८ हजार मात्रै थिए।

गएको पाँच महिनामा लगानीकर्ता वृद्धि हुनुमा प्राथमिक शेयर भर्नेहरूले दोस्रो बजारमा शेयर बिक्री गर्न खाता खोलेका कारण उनीहरूको वृद्धि अत्यधिक देखिएको नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बताए। उनका अनुसार प्राथमिक बजारमा आइपिओ परेका लगानीकर्ताहरू भटाभट दोस्रो बजार प्रवेश गरिरहेका छन्। जसको प्रवेशले दोस्रो बजारमा शेयर कारोबारी बढिरहेको उनको भनाई छ।

दोस्रो बजारमा कारोबार गर्न आउने लगानीकर्ताहरूको भिडमा हिजो आज नयाँ अनुहारहरू देखिन थालेका छन्। यसअघि नियमित आउने शेयर कारोबारी भन्दा नयाँ अनुहारहरू बजारमा बढी देखिन थालेका छन्। प्राथमिक बजारबाट दोस्रो बजारमा आउने लगानीकर्ता बढेकै कारण नयाँ अनुहार देखिएको अर्यालको बुझाइ छ।

बजारमा प्रवेश गरिरहेका नयाँ कारोबारीले कारोबार बढाउन समेत टेवा पुर्‍याउन थालेका छन्। उनीहरूले कारोबार बढाएकै कारण दैनिक कारोबार रकम समेत बढ्दै गएको अर्यालको ठम्याइ छ। प्राथमिक बजारबाट दोस्रो बजार आउने नयाँ कारोबारी बिस्तारै दोस्रो बजारको नियमित कारोबारीमा रूपान्तरण समेत हुन थालेका छन्।  प्राथमिक बजारमा परेको आइपिओ बेच्दा मनग्गे फाइदा भएपछि उनीहरूलाई दोस्रो बजारले समेत आकर्षित गरेको हो। प्राथमिक शेयर बेच्दै उनीहरूले दोस्रो बजारमा कारोबारको अभ्यास गर्दा गर्दै उनीहरू नियमित कारोबारीमा रूपान्तरण हुन थालेको अर्यालले बताए।

नयाँ कारोबारीको प्रवेशले दोस्रो बजारमा मूल्यको प्रतिस्पर्धा समेत सुरु भएको छ। पछिल्लो समय मार्केट डेप्थमा मूल्यको चर्को मोल मलाइ हुन थालेको छ। एक, दुई रुपैयाँमा समेत कुरा नमिलेर धेरै कारोबार हुन नसकेको उदाहरण बजारमा देखिन थालेको छ। जसले मूल्यको तीव्र प्रतिस्पर्धा भइरहेको प्रमाणित गरेको अर्यालको बुझाई छ। जुन बजारको लागि राम्रो पक्षको रुपमा लिनु पर्ने अर्यालको तर्क छ।

Read More
  • MBL - below news