टेलिकमको शेयरमा सर्वसाधारणको पहुँच बढाउनु पर्ने: मन्त्री गुरुङ


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
टेलिकमको शेयरमा सर्वसाधारणको पहुँच बढाउनु पर्ने: मन्त्री गुरुङ

काठमाडौं । सरकारी कम्पनी दिगो बनाउन सर्वसाधारणको लगानी हुनुपर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताएका छन् । मन्त्री गुरुङले आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १७ औं वार्षिक उत्वस कार्यक्रममा टेलिकमको शेयर सर्वसाधारण नागरिकले पनि पाउनु पर्ने बताएका छन् । ‘सर्वसाधारणको उपस्थिति तथा सहभागिताले मात्र कम्पनी दिगो हुन्छ,’ उनले भने ‘नेपाल टेलिकमको शेयरमा सर्वसाधारणको उल्लेख्य स्वामित्व हुनुपर्छ ।’ यस विषयमा मन्त्री गुरुङले सञ्चालक समितिको बैंठक बोलाएर छलफल गर्ने भएका छन् ।

जब सम्म जनताले यसको मालिक भएको अपनत्व लिन सक्दैनन्, तवबम्म कुनै पनि संस्था दिगो रहन सक्दैन, त्यसैले जनता मालिक हुने र जनता पनि सहभागी हुने किसिमको नीति बनाउनुु पर्ने उनको ठम्याइ छ । कम्पनीको अहिलेसम्मको संरचनाका बारेमा हेरेर शेयर संरचनामा के कसरी परिवर्तन गर्न सकिन्छ सो विषयमा छलफल अघि बढाउने उनको भनाइ छ । टेलिकमको शेयर र रणनीतिक साझेदार भित्र्याउने विषयलाई लिएर यस अघि पनि छलफल हुने गरेको थियो । 

Read More
  • MBL - below news