काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण हुन नसकेका तथा सूचीकरण खारेजी भएका कम्पनी पनि सेयर किनबेच गर्न सकिने बजारलाई ओभर दी काउन्टर (ओटीसी) मार्केट भनिन्छ।
यो मार्केटमा दलालबिना नै शुक्रबार र सार्वजनिक बिदाका दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म नेप्सेमा कारोबार हुन्छ। यो व्यवस्था सूचीकरण खारेजी भएका कम्पनीको सेयर किनबेच हुने व्यवस्था नभइरहेको अवस्थामा नेप्सेले पहिलोपटक २०६५ जेठ महिनामा ‘ओटीसी बजार नियमवली, २०६५’ ल्याएको हो। उक्त विनियामवलीअनुसार नेप्सेले स्वचालित कारोबारबाहेक छुटै काउन्टर खोली खारिदकर्ता र बिक्रीकर्ताको सीधै सम्पर्कबाट कारोबर हुने गर्छ।
ओटीसी बजारमा कारोबार हुने प्रक्रिया
लगानीकर्ताले खरिदबिक्री आदेश सेयर दलालमार्फत नभई सीधै ओटीसी मार्केटमा आएर दिन सक्नेछ।
यसरी हुन्छ सेयर कारोबार
- धितोपत्र बिक्रेताले बिक्री गर्न चाहेको कम्पनीको धितोपत्र सम्भन्धित कम्पनीबाट प्रमाणित गरी आवश्यक कागवपत्रसहित बिक्री आदेश दिन सक्नेछन्।
- प्राप्त आदेशलाई नेप्सेले क्रमअनुसार दर्ता गर्छ।
- धितोपत्र खरिदकर्ताले खरिद गर्न चाहेको कम्पनीको आदेश भरी दर्ता गराउनुपर्छ र १० प्रतिशत रकम धितोपत्र बजारलाई पेश्कीस्वरुप बुझाउनुपर्छ।







