आम हड्ताललाई पनि चिर्यो सेयर बजारले, नेप्से हरियो बन्दा कारोबारमा पनि उत्साह


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आम हड्ताललाई पनि चिर्यो सेयर बजारले, नेप्से हरियो बन्दा कारोबारमा पनि उत्साह

काठमाडौं : आम हड्ताल हुने खबर सुनेपछि बुधबार अन्तिम प्रहरमा आत्तिएका लगानीकर्ता बिहीबार भने सम्हालिएका छन् । बिहीबार प्रचण्ड–माधव समूहको नेकपाले देशव्यापी आम हड्ताल आयोजना गरेको छ । तथापि, सेयर बजार भने यस दिन सम्हालिएको छ । बजार हरियै भएर बन्द भएको छ । खरिदबिक्री रकमलाई पनि औसतमा नराम्रो भन्न मिल्दैन । सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले निकै ठूलो भूमिका निर्वाह गर्छ । लगानीकर्ता सकारात्मक बन्न सकेमात्र बजारले नयाँ उचाई लिन सक्छ ।

बजार बुलिस ट्रेन्डमा छ । यसर्थ, बेलाबखत बजारमा आउने विभिन्न हल्ला अनि राजनीतिक अस्थिरता वा अन्य कारणले अल्पकालका लागि केही प्रभाव परे पनि अन्ततः बजारले नयाँ उचाई बनाउँदै जानेछ । किन भने बुल रनले आफ्नो चक्र पूरा नगरेपछि नफर्किने विश्लेषकहरु बताउँछन् । बीचबीचमा आउने साना–ठूला सबै अवरोधहरुलाई बुल रनले पछार्ने उनीहरुको भनाई छ । यसको उदाहरणका रुपमा विगतका भूकम्प र नाकाबन्दीलाई लिन सकिन्छ ।

Read More
  • MBL - below news