अर्बौंको कारोबार गर्ने ब्रोकरको चुक्तापुँजी रु. २ करोडमात्र, जोखिम कम गर्न पुँजीवृद्धि अत्यावश्यक


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अर्बौंको कारोबार गर्ने ब्रोकरको चुक्तापुँजी रु. २ करोडमात्र, जोखिम कम गर्न पुँजीवृद्धि अत्यावश्यक

काठमाण्डौ । सेयर बजारको विस्तार र दायरा बढेसँगै धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) को पनि चुक्तापुँजी बढ्नुपर्ने बहस सुरु भएको छ । बजारको आकार बढेसँगै जोखिम पनि बढेको हुनाले स्टक ब्रोकरको पुँजी वृद्धि अतिआवश्यक रहेको बताइन्छ ।

हिजोआज दैनिक कारोबार रकम नै १० अर्ब रुपैयाँ हाराहारी भइरहेको छ । हालको माहौलले निकट भविष्यमै दैनिक कारोबार रकम १५ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण हुन थालेको छ । 

स्टक ब्रोकर कम्पनीको चुक्तापुँजी हाल २ करोड रुपैयाँमात्रै छ । कतिपय स्टक ब्रोकर कम्पनीले स्वयं ५ करोड चुक्तापुँजी पुर्याइसकेको अवस्था छ ।

दैनिक कारोबार रकम नै १० अर्ब रुपैयाँ हाराहारी हुन थालेपछि वित्तीय जोखिम व्यवस्थापनका लागि र ब्रोकरलाई नयाँ थप सेवाहरु प्रवाह गर्नका लागि पनि स्टक ब्रोकर कम्पनीका हालको चुँक्तापुँजी २ करोड पर्याप्त नभएको बताइन्छ।

Read More
  • MBL - below news