नागरिक स्टक डिलरसहित थप १८ कम्पनीलाई बुक बिल्डिङमा संस्थागत लगानीकर्ताको स्वीकृति


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नागरिक स्टक डिलरसहित थप १८ कम्पनीलाई बुक बिल्डिङमा संस्थागत लगानीकर्ताको स्वीकृति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमार्फत निष्कासन गरिने आईपीओका लागि योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न थप १८ कम्पनीलाई बुधबार स्वीकृति प्रदान गरेको छ।

योसँगै योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न अनुमति पाउने कम्पनीको संख्या ६४ पुगेको छ। यसअघि धितोपत्र बोर्डले ४६ वटा कम्पनीलाई यस्तो स्वीकृति प्रदान गरेको थियो। 

बोर्डबाट हिजो स्वीकृति पाउने कम्पनीहरुमा भेन्चर क्यापिटल, एभरेस्ट इन्स्योरेन्स, सायन होल्डिङ कम्पनी, नागरिक लगानी कोष (सीआईटी), नबिल इन्भेस्टमेन्ट बैंकिङ, नबिल ब्यालेन्सड् फन्ड–२, नबिल इक्विटी फन्ड, एनएमबी क्यापिटल, एनएमबी हाइब्रिड फन्ड एल–१, एनएमबी फिफ्टी, एनआईसी एसिया ग्रोथ फन्ड, एनआईसी एसिया ब्यालेन्सड् फन्ड, एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड, एनएमबी बैंक, नेपाल बंगलादेश क्यापिटल, सम्पन्न क्यापिटल एन्ड एडभाइजरी नेपाल, नागरिक स्टक डिलर कम्पनी र सिटी एक्सप्रेस इन्भेस्टमेन्ट फन्ड रहेका छन्। 

Read More
  • MBL - below news