बैंकिङ कसुरका फरार रहेकी नर्बदा भण्डारी पक्राउ


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकिङ कसुरका फरार रहेकी नर्बदा भण्डारी पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा संलग्न रही फरार रहेका व्यक्तिलाई महानगरीय अपराध नियन्त्रण महाशाखाका काठमाडौंको टोलीले पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–५ घर भई भक्तपुर सानो थिमी बस्ने नर्बदा उपाध्याय भण्डारीलाई बैंकिङ कसुरमा बुधबार पक्राउ गरिएको हो ।  

महाशाखाका अनुसार काठमाडौं जिल्ला अदालतमा परेको मुद्दामा रु. २१ लाखको चेक अनादर गरेको आरोपमा कसुर ठहर भई कैद सजाय पाएर भण्डारी फरार हुँदै आएकी थिइन् । उक्त मुद्दामा उनलाई दुई वर्ष कैद सजाय फैसला भएको थियो । उनलाई आजै पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको  महाशाखाले जनाएको छ ।  

Read More
  • MBL - below news