चन्द्रागिरी हिल्सको आईपिओ शेयरधनीको खातामा आएको छ । सिडीएससीले बुधबारदेखि लगानीकर्ताको खातामा शेयर पठाउन थालेको हो ।
अब नेप्सेमा कम्पनीको शेयर सुचिकृत भएसंगै कारोबार हुने छ । कम्पनीले आज बिहिबार वा भोली शुक्रबार कम्पनीको शेयर नेप्सेमा सूचीकरण गराउने तयारी गरेको छ । आज वा भोली नेप्सेमा शेयर सुचिकृत भए आइतबारबाट कम्पनीको शेयर कारोबार सुचारु हुने छ ।
कम्पनीको शेयर CGH सिम्बलबाट कारोबार हुने छ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ९६.९९ देखि २९०.०७ को रेन्ज दिने सम्भावना छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ ।
कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भईसकेको छ । यस संगै चन्द्रागिरी हिल्सका शेयरधनीहरुको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही ग्लोबल आईएमई क्यापिटलले गर्ने छ । ...






