बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न थप १८ कम्पनीले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले आज बुधबार थप १८ कम्पनीलाई स्वीकृति दिएको हो ।
यसै संगै यस्तो स्वीकृति पाउनेको संख्या ६४ पुगेका छन् । यस अघि बोर्डले एक साथ ४६ कम्पनीलाई स्वीकृति दिएको थियो ।
आज स्वीकृति पाउनेमा नागरिक स्टक डिलर, नागरिक लगानी कोष, एनएमबि बैंक लगायत रहेका छन् । ...






