नेरुडे लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तको माघ १८ गते बसेको संचालक समितिको बैठकले फागुन २२ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेकाे हो।
साधारण सभाबाट लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी ४५ करोड ७२ लाख ९४ हजार रुपैयाँको ८ प्रतिशत अर्थात ३ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि १९ लाख २५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
बोनस वितरण पछि लघुवित्तको चुक्ता पूँजी ४९ करोड ३८ लाख ७७ हजार रुपैयाँ पुग्नेछ। ...






