आज (बुधबार) सेयर बजारले ओरालो यात्रा तय गरेको छ । बुधबार सेयर बजारमा सामान्य गिरावट आएको हो ।
आज नेप्से परिसूचक ६.८१ अंकले घटेर २४६६.९२ अंकमा पुगेको हो । नेप्से ०.२८ प्रतिशले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक भने ०.९२ अंकले बढेर ४५२.२९ अंकमा पुगेको छ ।
कुल २ सय १ वटा कम्पनीको २ करोड ७ लाख ८ हजार ६०४ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८५ करोड २५ लाख ३६ हजार ९१६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।






