काठमाडौं । विभिन्न ६ कम्पनीले २ अर्ब बढी रुपैयाँको साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेका छन् । ग्रीन लाइफ हाइड्रोपावर, महिला लघुवित्त, ज्योति लाईफ इन्स्योरेन्स, साहस उर्जा, सामलिङ्ग पावर र बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्न लागेका हुन् । दुई कम्पनीले यहि महिना भित्रमा आईपीओ बिक्रि खुला गर्दैछन् भने अन्य चार कम्पनीले बोर्डको स्वीकृति पाएपछि निष्कासन गर्नेछन् ।
ग्रीन लाइफ हाइड्रोपावर
ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्बसाधारणको लागि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर विक्री गर्न लागेको हो । यस अघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो ।







