काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको चौथो दिन आज (बुधबार) सुरुवात मै उछाल आएको छ । नेप्से शुरुमै ४१ अंकले बढेर उच्च विन्दुमा पुगेको छ ।
नेप्से ह्वात्तै बढेर दुई हजार पाँच सय १५ दशमलब ११ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यस अघि नेप्से माघ २० गते दुई हजार चार सय ७३ दशमलब ७३ विन्दुमा पुगेको थियो ।







