सर्ट सेलकाे एक खेल, 'गेमस्टप', यो के हो र यो किन ट्रेन्डिङ्गमा छ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सर्ट सेलकाे एक खेल, 'गेमस्टप', यो के हो र यो किन ट्रेन्डिङ्गमा छ?

तपाईले आजभोलि सामाजिक सञ्जालमा ‘गेमस्टप’, ‘रेडिट’ र ‘शेयर मार्केट’ जस्ता ‘पब’ र ‘मिट एट ८’ को रुपमा फैलिएको देख्नुभएको होला।

आजभोलि यो ‘गेमस्टप’ के हो? र यो किन ट्रेडिङ्ग भइरहेको छ भन्ने चासो बढेको छ।

त्यसैले, आज हामीले यस प्रश्नको जवाफ यहाँ प्रस्तुत गरिरहेका छौँ।

के हो ‘गेमस्टप’?

गेमस्टप एक अमेरिकी हाइ स्ट्रीट सप हो जसले गोम, त्यसमा प्रयोग हुने वस्तु र अन्य विद्युतीय उपकरण बिक्री गर्दछ। यो एक अमेरिकी मलमा डोनट पसल र मेकअप पसलको बीचको चीज तपाईले पाउनु हुनेछ। यसमा कुनै नौलो र उत्साहजनक कुरा थिएन। वास्तवमा,महामारीका कारण यसले राम्रोसँग व्यवसाय गर्न सकिरहेको थिएन।

रेडिटको योसँग के सम्बन्ध छ?

रेडिट,ट्वीटर अथवा फेसबुक जस्तै एक सामाजिक सञ्जाल हो। तपाईले त्यसमा आफुलाई चासो लागेको विषयका फोरमहरुमा आवद्ध हुन सक्नुहुन्छ। त्यहाँ ‘लभ आइल्याण्ड फोरम’, फुटबल फोरम, हिस्ट्री फोरम जस्ता धेरै फोरमहरु उपलब्ध छन्। जसमध्ये यस कथामा उपयोग हुने महत्वपूर्ण फोरम हो ‘बालस्ट्रीटबेट्स’। यसमा ४० लाखभन्दा मानिसहरु आवद्ध छन्। यहाँ प्रायः स्टक र शेयर सम्बन्धी र कसले कहाँ लगानी गर्न गइरहेको छ भन्ने विषयमा छलफल हुन्छ।

त्यसो भए भएको के हो?

हामीले उल्लेख गरेको जस्तै, गेमस्टपमा कुनै विशेष कुरा कुरा थिएन। यसको व्यवसाय पनि खासै राम्रो थिएन। महामारीका कारण पसलमा कम मानिसहरुको आगमन हुने र अधिकांश गेमहरु अनलाइन बिक्री भएरहेकोले यस कम्पनीहरुको व्यवसायमा मन्दी छाएको थियो।

मानिसहरु त्यस्ता कम्पनीहरुको शेयर खरिदबिक्री गर्दछन् जसले भविष्यमा राम्रो व्यवसाय गर्न सक्दैनन्। उनीहरु त्यस्ता कम्पनीहरुको शेयर पछि पुनः खरिद गरेर दिने वाचासहित सापटी लिन्छन् र बिक्री गर्छन्। यदि तपाई कम्पनीको शेयरमूल्य घट्छ भन्नेमा विश्वस्त हुनुहुन्छ भने, तपाईले यस्तो सम्झौताले फाइदा पुर्याउँछ।

अझै बुझ्नुभएन ...

Read More
  • MBL - below news