काठमाडौँ / हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी व्यवस्था शुरु गरेको छ ।
बैंकले यही माघ १९ गतेबाट उक्त सेवाको सुरुवात गरेको हो । सेवा शुरु भएसँगै अब बैंकका ग्राहकहरुले सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।
बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (NPI) मार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो र यसरी मोबाईल बैंकिङ्गको NPI मार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ ।
बैंकले पहिले देखि नै आफ्नो मोबाईल बैंकिङ्ग च्यानलबाट कनेक्ट आइपिएस मार्फत रियल टाइम अन्लाईन फण्ड ट्रान्स्फर सेवा प्रदान गर्दै आएको छ र अब NPI मार्फत मोबाईल बैंकिङ्गबाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व संकलनको प्रकृयामा ग्राहक एवम् सरकारी पक्ष दुवैलाई सहज हुने विश्वास गरेकोे छ ।
ग्राहकहरुले सम्बन्धित राजस्वको EBP No. का आधारमा कारोबार गर्न सक्नेछन् र सो कारोबार रकम NPI मार्फत सम्बन्धित राजस्व खातामा जम्मा हुनेछ । अब अनलाईन मार्फत सरकारी कर तथा राजस्व भुक्तानी कनेक्ट आइपिएस को मोबाइल बैंकिङ्ग एप्स सहित हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट पनि गर्न सकिने छ । ...








