काठमाडौं । नेपालको पुँजी बजारको पुँजीकरण तीन दिनमै दुई खर्ब बढेको छ । नेपाल स्टक एक्सचेञ्जले तीन दिनमै बजार पुँजीकरण दुई खर्बले बढेको जनाएको हो ।
नेप्सेका अनुसार यो साताको पहिलो दिन आइतबार बजार पुँजीकरण ३१ खर्ब ९३ अर्ब १४ करोड रहेकोमा आज तेस्रो दिन मंगलबार बढेर ३३ खर्ब ३२ अर्ब ४ करोड पुगेको छ ।







