‘ब्ल्याङ्क चेक’को भरमा अर्बौंको सेयर कारोबार


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘ब्ल्याङ्क चेक’को भरमा अर्बौंको सेयर कारोबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम नेप्सेले शुक्रबार सबै ब्रोकरलाई धितोपत्र कारोबार सञ्चालन नियमावली अनुसार अग्रिम रकम भुक्तानी लिएर मात्रै सेयर कारोबार गर्ने नियमलाई कडाइका साथ लागु गर्न निर्देशन दियो । नियामक निकायहरुको यो निर्देशनले सेयर बजारमा एक प्रकारका हलचल नै ल्यायो । यसले बजारमा नकारात्मक प्रभाव परेसँगै धितोपत्र बोर्डले विज्ञप्ति जारी गर्दै आइतबार आफ्नो निर्देशनलाई सच्यायो । बोर्डले जारी गरको विज्ञप्तिमा मार्जिन रकम भुक्तानीबारे प्रष्ट पारिएको उल्लेख गरिएको भए पनि लगानीकर्ताको चर्को विरोधका कारण आफ्नो पूर्व निर्णयबाट पछि हटेको रुपमा लिइएको छ ।

के छ कानुनी व्यवस्था ?

२०७५ सालमा जारी गरिएको धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ ले सेयरको कारोबार गर्नुअघि खरिद गर्नेले आफुले खरिद गर्न चाहेको सेयरको मूल्य बराबरको रकम अग्रिम रुपमा धितोपत्र दलाल (ब्रोकर) लाई बुझाउनुपर्ने व्यवस्था गरेको छ । विनियमावलीको विनियम ८ मा ‘कारोबार सदस्यले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रीम रुपमा लिनुपर्छ’ भनिएको छ । यो व्यवस्थाले त्यसरी भुक्तानी गर्नुपर्ने अग्रिम रकम नगदै हुनुपर्छ कि चेक वा अरु कुनै माध्यमबाट भुक्तानी गर्न सकिन्छ भन्ने विषयमा केही उल्लेख गरेको छैन ।

Read More
  • MBL - below news