मूल्य कम भएका कम्पनी छान्दै लगानीकर्ता


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मूल्य कम भएका कम्पनी छान्दै लगानीकर्ता

आइतबार देखिएको द्विविधा कम भएपछि सोमबार सेयर बजार पुनः पुरानै लयमा फर्किएको छ । हरेक कारोबारको क्रममा २५ प्रतिशत अग्रिम दिन कडाइ गरिएको खबरले घटेको बजार आइतबार साँझ धितोपत्र बोर्डको विज्ञप्ति आएपछि सुधारिएको छ । बोर्डले नगद मात्रै नभई चेकबाट समेत भुक्तानी गर्न सक्ने भन्दै लगानीकर्तालाई आश्वस्त पार्ने प्रयास गरेको थियो । 

बोर्ड लचिलो भएको बुझाइ लगानीकर्तामा परेपछि बजारमा सुधार देखिएको हो । सोमबार नेप्से परिसूचक ३५ अंकले बढेर २ हजार ४ सय बिन्दु पार गरेको छ । यस दिन कारोबारमा आएका २ सय ३ धितोपत्र र ऋणपत्रमध्ये १ सय ४२ को मूल्य बढेको र ४३ वटाको मूल्य घटेको छ । १ सय २ वटाको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम छ । 

३ सय नपुगेका र हाराहारी रहेका कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएको छ । यस दिन ९ देखि १० प्रतिशतसम्म मूल्य बढ्ने १० कम्पनीमा ८ कम्पनीको मूल्य यही दरमा छ । यसरी मूल्य बढ्ने सस्ता कम्पनीहरूमा सेन्चुरी कमर्सियल बैंक, पोखरा फाइनान्स, सोल्टी होटेल, तारागाउँ रिजेन्सी (हायात होटेल), बेस्ट फाइनान्स, सिन्धु विकास बैंक, सेन्ट्रल फाइनान्सलगायत रहेका छन् । 

Read More
  • MBL - below news