भारतीय सेयर बजार ‘सेन्सेक्स’ले नयाँ इतिहास रच्दै पहिलो पटक ५०,००० विन्दु पार गर्योc


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतीय सेयर बजार ‘सेन्सेक्स’ले नयाँ इतिहास रच्दै पहिलो पटक ५०,००० विन्दु पार गर्योc

काठमाडौं : भारतको सेयर बजारले नयाँ इतिहास रचेको छ । ‘बीएससी सेन्सेक्स’ ले मंगलबार बिहान इतिहासमै पहिलो पटक ५० हजार विन्दु पार गरेको छ । सेन्सेक्स ३५० अंकले बढेर अल टाइम हाई ५०,१२६.७३ विन्दुुसम्म पुगेको हो । साथै, अर्को सेयर बजार सूचक ‘निफ्टी ५०’ ले पनि पहिलो पटक १४,७०० विन्दु पार गरेको छ । सेन्सेक्सले विगत केही दिनदेखि नै ५०,००० विन्दु पार गर्ने संकेत देखाइरहेको थियो ।

भारतमा विश्वमै सबैभन्दा ठूलो स्केलमा कोरोना विरुद्ध खोप लगाउने कार्यक्रम चलिरहेका बेला सेयर बजारले पनि इतिहास रच्न सफले भएको हो । साथै, सोमबार सार्वजनिक गरिएको युनियन बजेटले पनि बजार बढाउन उत्प्रेरकको काम गरेको छ । मंगलबार भारतको सेयर बजारमा सूचीकृत सबै सेक्टरहरुमा हरियाली छाएको छ ।

Read More
  • MBL - below news