मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २६.२४ अंक बढेको छ।
अघिल्लो कारोबार दिन ३७.७० अंक बढेर २४०८.२४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २६.२४ अंक बढेर २४३४.४८ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.०९ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ३८ कम्पनीको ९४ लाख ५१ हजार ५८ रुपैयाँ बराबरको १४ हजार २५८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।







