काठमाडौं : मेगा बैंकले सेयरधनीलाई नगद लाभांश खातामै पठाइदिने प्रक्रिया अघि बढाएको छ । बैंकले पुस १७ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेकाहरुको नगद लाभांश जम्मा गर्ने तयारी गरेको जनाएको छ । यसका लागि सेयरधनीले डिम्याट खाता र बैंक खाता अपडेट गरेको हुनुपर्नेछ ।
यसरी अपडेट गर्न बाँकी रहेकालाई तुरुन्त अपडेट गरिहाल्न पनि बैंकले आग्रह गरेको छ । बैंकको पुस २९ गते सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफबाट ३.०५% नगद लाभांश र १०% बोनस सेयर वितरण गर्ने प्रस्ताप पारित गरेको थियो । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ ।








