बैंकहरुले शेयर बजार र घरजग्गामा लगानी बढाएका कारण मूल्य बढेको होः पूर्व गभर्नर क्षेत्री


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकहरुले शेयर बजार र घरजग्गामा लगानी बढाएका कारण मूल्य बढेको होः पूर्व गभर्नर क्षेत्री

नेपालको अर्थ व्यवस्थालाई लिएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही दिनअघि ७ प्रतिशत भन्दा बढी आर्थिक बृद्धि हुने विश्वका १० मुलुक भित्र नेपाल परेको र अहिले कोरोना भाइरस संक्रमणका कारण केही समस्या परेको बताउनु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भन्ने कुरा परराष्ट्रमन्त्री ज्ञवालीको मुखबाट सुनेपछि अचम्म नै परियो । परराष्ट्रमन्त्रीले भनेपछि कतै रहेछ कि भनेर सोच्न बाध्य भए ।

परराष्ट्रमन्त्री ज्ञवालीले भनेजस्तै केही दिनअघि उद्योग वाणिव्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चीनसँगको व्यापारमा हामीले विचार गर्नु पर्ने बेला आयो भन्नु भयो । दिनमा २,३ कन्टेनर मात्र आएकाले हामीलाई अष्ठयारो पर्यो भन्ने कुरा उहाँले गर्नु भयो । मन्त्री भट्टले चीनसँगको व्यापारलाई नकारात्मक किसिमले टिप्पणी गर्नु भयो । यस्ता कुराले मुुलुकको अवस्था लाज लाग्दो स्थितिमा छ भनेर सोच्नु पर्ने भएको छ । यस्तो किसिमको नीतिले हामी कति टाढा पुगौंला वा हाम्रो नीति कति दिगो रहेछ भनेर सोच्नु पर्ने बेला भएको छ ।

अर्थतन्त्रका हिसाबले हामी ठिक बाटोमा हिडेका छैनौं । चालु आर्थिक वर्षको आर्थिक बृद्धिदर एक प्रतिशत भन्दा कम रहन्छ भन्ने कुरा त कुनै शंका रहेन ।

कोरोना भाइरसका कारणले अर्थतन्त्र थिलोथिलो भएको छ । त्यसमाथि पनि आर्थिक वर्ष समाप्त हुन आधाआधी बाँकी रहेको समयमा बेमौसमी राजनीतिक पहल कदमीले अर्थतन्त्रलाई सकारात्मक किसिमको बाटो दिने देखिएन् ।

मानिसको घाँटीमा एउटा फकुन्डो आएजस्तो अर्थतन्त्रको घाँटीमा पनि फकुन्डो आएको छ । मानिसको घाँटीमा आएको त्यस्तो फकुन्डोलाई ‘गलगाढ’ भन्ने गरिन्छ । अर्थतन्त्रमा पनि ‘गलगाढ’ आएको छ । त्यो भनेको जीडीपीको अकं भन्दा वित्तीय क्षेत्रमा रहेको वित्तीय सम्पत्ती बढी भन्ने कुरा आएको छ । त्यसले हामी आर्थिक रुपले क्रियाशिल रहेनछौ भन्ने देखाउँछ ।

वित्तीय क्षेत्रमा रहेको रकम लगानी भएको भए त्यसले उत्पादन पनि बृद्धि गर्दथ्यो । आर्थिक क्रियाकलाप चलायमान बनाउथ्यो । त्यस्तो पनि हुन सकेन् । ...

Read More
  • MBL - below news