सानिमा बैंकको बोनस र समृद्धि फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सानिमा बैंकको बोनस र समृद्धि फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा बैंक (SANIMA) को बोनस शेयर र समृद्धि फाइनान्सको हकप्रद शेयर सूचीकृत भएको छ ।


सोमबार बैंकको ८८ लाख १ हजार ३८०.९८ कित्ता शेयर र समृद्धि फाइनान्सको ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद शेयर नेप्से मा सूचीकृत भएको हो ।

सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै फाइनान्सले गत असोज १६ गते देखि कार्तिक ६ गते सम्म चुक्ता पूँजीको २०० प्रतिशत अर्थात १ कित्ता बराबर २ अनुपातको हकप्रद शेयर निष्काशन गरेको थियो । उक्त शेयर मध्ये ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद शेयर नेप्से मा सूचीकृत भएको हो ।

दुबै कम्पनीको शेयर दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी नेप्सेमा सूचीकृत भएको हो ।

Read More
  • MBL