सेयर कारोबार गर्ने प्रणालीमा नेप्सेको एकाधिकार तोडिने, तर ब्रोकरको सिन्डिकेट सुरु हुने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर कारोबार गर्ने प्रणालीमा नेप्सेको एकाधिकार तोडिने, तर ब्रोकरको सिन्डिकेट सुरु हुने

ब्रोकर कम्पनीले निजी क्षेत्रसँग पनि लगानीकर्ताको सेयर खरिद–बिक्री व्यवस्थापन गर्ने प्रणाली (टिएमएस) खरिद गर्न पाउने भएका छन् । नेपाल स्टक एक्सचेन्जले तयार गरेको नयाँ सूचना प्रविधि कार्यविधिमा ब्रोकरहरूले निजी क्षेत्रसँग खरिद गरेरसमेत टिएमएस प्रयोग गर्न सक्ने व्यवस्था समेटिएको हो । हालसम्म ब्रोकरहरूलाई नेपाल स्टक एक्सचेन्जले मात्रै यस्तो टिएमएस दिइरहेको छ । अर्थात्, टिएमएसमा नेप्सेको एकाधिकार छ । तर, नयाँ सूचना प्रविधि कार्यविधिको व्यवस्थाको फाइदा उठाउँदै ब्रोकर कम्पनीहरूले टिएमएसमा सिन्डिकेट लागू गर्ने तयारी गरेका छन् । 

सम्पूर्ण ५० वटै ब्रोकर कम्पनी मिलेर टिएमएस प्रणाली उपलब्ध गराउने आइटी कम्पनी नै स्थापना गरेका छन् । अर्थात्, सबै ब्रोकरको लगानी भएको आइटी कम्पनीले उपलब्ध गराउने टिएमएस नै उनीहरूले प्रयोग गर्नेछन्, जसले सेयर कारोबारमा एकाधिकार हुने मात्रै होइन, सेयर कारोबारसम्बन्धी सूचनाहरू पनि दुरुपयोग हुन सक्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन् । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का महाप्रबन्धक चन्द्रसिंह साउद ब्रोकरहरूले आइटी कम्पनी खोल्नु नै गैरकानुनी भएको बताउँछन् । ‘ब्रोकरहरूको कार्यअधिकार बजारमा सेयर किनबेच गराउने मात्रै हो,’ नेप्सेका महाप्रबन्धक साउदले भने, ‘उहाँहरूसँग आइटी कम्पनी खोल्ने अधिकार छैन ।’ 

Read More
  • MBL - below news