महिला लघुवित्तको आरटिएसमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महिला लघुवित्तको आरटिएसमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग

महिला लघुवित्तको आरटिएसमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग चयन भएको छ । आरटिएसमा नियुक्ति सम्झौतामा एसबिआई मर्चेन्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र महिला लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार महिला लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशन सँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले गर्ने छ । आरटिएस सम्बन्धि सेवा प्रारम्भ हुने मिति सार्वजनिक सूचना मार्फत सर्वसाधरण शेयरधनीलाइ जानकारी गराईने कम्पनीले जनाएको छ ।

महिला लघुवित्तले माघ २८ गतेदेखि आईपिओ निष्काशन गर्ने तयारी गरेको छ  ।  कम्पनीले  ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो  ।

Read More
  • MBL - below news