राष्ट्रिय बिमा कम्पनी र विशाल बजारको सेयर कारोबार रोक्का


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय बिमा कम्पनी र विशाल बजारको सेयर कारोबार रोक्का

काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर मूल्य उच्च भएका दुई कम्पनी राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार रोक्का गरिदिएको छ । नेपाल स्टक एक्सचेन्जले आइतबार विज्ञप्ति जारी गरी यस्तो जानकारी गराएको हो ।

धितोपत्र ऐनअनुसार कामकारबाही नगरेपछि यी दुई कम्पनीको सेयर कारोबार रोकिएको नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदले जानकारी दिए । साउदका अनुसार यी दुई कम्पनीले लामो त्रैमासिक रूपमा बुझाउनुपर्ने वित्तीय विवरणसमेत बुझाउन सकेको छैन । लामो समय साधारण सभा गर्न नसकेका यी दुवै कम्पनी नेपाल सरकारको लगानी रहेका कम्पनी हुन् ।

यसमा पनि राष्ट्रिय बिमा कम्पनीले लामो समयदेखि धारणा सभासमेत गराउन सकेको छैन । हरेक वर्ष साधारण सभा गरेर लेखापरीक्षण प्रतिवेदन पारित गराउनुपर्नेमा यो कम्पनीले विगत आठ वर्षदेखि साधारण सभा नै गरेको छैन । यद्यपि, यसको सेयर मूल्य आयतबारसम्म मात्रै १६ हजार ६ सय ७० रुपैयाँ रहेको छ । विशाल बजारको भने सेयर मूल्य २ हजार ८ सय ८० रुपैयाँ रहेको छ ।

Read More
  • MBL - below news