१९ माघ, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार खुलेसँगै हरियाली देखिएको छ । नेपाल स्टक एक्स्चेञ्जमा कारोबार हुने धेरै जसो कम्पनीहरुको सेयर मूल्य बढेको छ ।
नेप्से परिसूचक १५ मिनेटमा नै ४२ अंक भन्दा धेरैले वद्धि भएको छ । कारोबार रकम पनि १५ मिनेटमा ३२ करोड रुपैयाँ भन्दा धेरै भएको छ । कारोबार खुलेसँगै सेञ्चुरी कमर्सीयल बैंक, प्रभु लाइफ इन्स्यारेन्स लगायतको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले बढेको छ ।







