काठमाडौं : सेयर बजारको बुलिस गतिले म्युचुअल फन्डहरुमा पनि सकारात्मक प्रभाव परेको छ । पुसमा पुँजी बजारमा सक्रिय १९ वटै म्युचुअल फन्डहरुले प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । त्यस्तै, अधिकांश म्युचुअल फन्डको सूचीकृत सेयरमा लगानी रकम पनि बढेको छ । म्युचुअल फन्डहरुको लगानीको अधिकांश हिस्सा सेयर बजारमा हुने गरेको छ । सूचीकृत कम्पनीहरुको भाउ बढ्दा म्युचुअल फन्डहरुको पोर्टफोलियोमा पनि सुधार आउने गर्दछ । यता, मंसिरको तुलनामा अधिकांश म्युचुअल फन्डहरुको बैंक मौज्दात पुस मसान्तमा भने कमि आएको छ ।
सबै म्युचुअल फन्डको न्याभ बढ्यो
नेप्सेमा सूचीकृत १९ वटै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको न्याभ बढेको छ । एक महिनाको अवधिमा यसको न्याभ १ रुपैयाँ ४९ पैसाले बढेर १६ रुपैयाँ ३६ पैसा पुगेको छ । यो नै सबैभन्दा धेरै न्याभ भएको फन्ड हो । ल्यसपछि ग्लोबल आइएमई समुन्नत योजनाको न्याभ १ रुपैयाँ ५० पैसाले बढेर १६ रुपैयाँ २१ पैसा कायम भएको छ । ...






