अफवा फैलाउने समाचार पोर्टलको भरोसा नगरौं, सुझबुझका सेयर कारोवार गरौं


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अफवा फैलाउने समाचार पोर्टलको भरोसा नगरौं, सुझबुझका सेयर कारोवार गरौं

हिजोको मेरो फेसबुक पोष्टको बिषयमा साथिहरु माझ धितोपत्र बोर्ड द्वारा जारी गरिएको निर्देशनको बिषयमा हो वा होइन भन्ने कुरालाई लिएर चर्चा भएको थियो । र, आज बिहान धितो पत्र वोर्डका अध्यक्ष भिष्मराज ढुड्गाना ज्यू सँग भएको टेलिफोन कुराकानी बमोजिम नगदै राख्नु पर्ने नभै सेयर किनेको भोलिपल्ट की ब्रोकरसंग मार्जिन लिएर भुक्तानी गर्नु यात चेक वा नगद दिएर भुक्तानी गर्नु र सेयर बिक्रेतालाई ब्रोकरहरुले पनि T+ 2 भित्रमा अनिवार्य भुक्तानी गर्नु भनि निर्देशन दिएको हो भन्नु भयो । यसबाट आम लगानीकर्ता त्रसित हुनु पर्ने अबस्था देखिएन् ।

बजारमा अस्थिरता कायम गरि साना लगानीकर्तालाई अत्याएर बजारमा चलखेल गर्न खोज्नेको बिरुद्ध हाम्रो संघ सदैव लाग्दै आएको छ । यस विषयमा केही न्युज पोर्टलहरुले कपोल कल्पित, भ्रामक, दुरासयपूर्ण अफवा फैलाएर बजार आफू अनुकुल बनाउन खोजेको प्रष्टै हुन्छ । म स्वयम् ले पनि अब्वलकहलिएका आर्थिक पोर्टलहरुको समाचारलाई आधार मान्दै आएको थिएँ । तर त्यस्ता पोर्टलहरुको समाचारलाई मात्र आधारमानी बिचार बनाउनु गलत रहेछ भन्ने महशुस गरें । आम लगानीकर्ता मित्रहरुले समेत गलत अफवा फैलाउने समाचार पोर्टलहरुको मात्र पूर्ण भरोसा नगरी सुझबुझका साथ सेयर कारोवारमा सहभागिता जनाउनु हुन समेत अपिल गर्दछु ।

Read More
  • MBL - below news