विशाल बजार र राष्ट्रिय बिमा कम्पनीको सेयर कारोबार रोक्का


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विशाल बजार र राष्ट्रिय बिमा कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विशाल बजार कम्पनी र राष्ट्रिय बिमा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । यी दुई कम्पनीले लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पेश नगरेपछि नेप्सेले आइतबारदेखि कारोबार रोक्का गरेको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को व्यवस्था अनुसार सचीकृत कम्पनीले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिना भित्र नेप्सेलाई बुझाइसक्नुपर्छ । तर विशाल बजार र राष्ट्रिय बिमा कम्पनीले विवरण पठाउन माग गर्दासमेत विवरण नबुझएपछि सेयर कारोबार रोक्का गरिएको नेप्सेले स्पष्ट पारेको छ ।

Read More
  • MBL - below news