सेयर खरिद गर्दा अनिवार्य २५ प्रतिशत रकम बुझाउनुपर्ने सेबोनले र्निणय गरेको भन्दै बिभिन्न सञ्चारमाध्याम र सामाजिक सञ्जालमा फैलायको हल्ला सुनुयोजित र आधारहिन रहेको पाइएको छ ।
शुक्रबार विभिन्न सञ्चार माध्यामहरु र सामाजिक सञ्जालमा नेपाल धितोपत्र बोर्डले अब सेयर खरिद गर्नुपुर्व सेयर खरिद गर्नका लागि २५ प्रतिशत रकम ब्रोकरको खातामा अनिवार्य रुपमा जम्मा गरेको हुनुपर्ने भनि सम्पुर्ण सेयर ब्रोकरहरुलाई पत्रचार गरेको भन्ने बिषय प्रमुखताका साथ सम्प्रेषण भइरेको थियो ।
तर यता नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अर्थसंसारसंगको कुराकानीमा हाल सम्म बोर्डबाट यस्तो कुनै पनि र्निणय नभएको बताएका छन् । ब्रोकरले २५ प्रतिशतसम्म अग्रिम भुत्तानी लिन पाँउन ब्रोकरको अधिकार भएतापनी अनिवार्य गर्ने भनि सेबोनले कुनै र्निणय नगरेको ढुंगाना बताउछन् ।







