काठमाडौं : मञ्जुश्री फाइनान्सले आज (माघ १८ गते) देखि ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको २ लाख इकाईको ५% अर्थात १० हजार इकाई म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । सर्वसाधारणले १ लाख ९० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् ।
बाँकी ३ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक ९.५% ब्याजदर पाइनेछ । कम्पनीले ८ बर्ष अवधिको ‘९.५% मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ जारी गरेको हो । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।







