एक सातामै आधा खर्बको शेयर किनबेच, काहाँबाट आउदै छ दोस्रो बजारमा यत्रो पैसा ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एक सातामै आधा खर्बको शेयर किनबेच, काहाँबाट आउदै छ दोस्रो बजारमा यत्रो पैसा ?

यस साता दोस्रो बजारमा करिब आधा खर्बको शेयर किनबेच भएको छ। दैनिक कारोबार रकम बढ्दै जाँदा बिहीबार कारोबार रकममा अर्को नयाँ रेकर्ड बनेको छ।

यस सता भएको पाँच कारोबार दिनमा ४४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको हो। बिहीबार अहिले सम्मकै सर्वाधिक नौ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएर काराेबार रकममा नयाँ रेकर्ड बनेको छ। कारोबार रकमको नयाँ रेकर्ड बने सँगै गएको पाँच दिनको औसत कारोबार रकम समेत ह्वात्तै बढेको छ। यस साताको औसत कारोबार रकम बढेर आठ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। यो हाल सम्मकै सर्वाधिक औसत कारोबार रकमको रेकर्ड बनेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।

लगातार दैनिक कारोबार रकम बढ्नलाई पछिल्लो समय छोट्टिएको राफसाफ समय, छिटो छिटो हुने कारोबार, बढेको ऋण लगानी, विदेशबाट आएको रकम र स्रोत नखुलेको रकमले सहयोग पुर्याइ रहेको बताइएको छ।

माघ ११ गते देखि राफसाफ समय दुई दिनमा झरेको छ। दुई दिनमा झरेको राफसाफ समयले सर्ट टर्म लगानी गर्ने लगानीकर्तालाई थप छिटो छिटो कारोबार गर्न सहयोग पुर्‍याएको लगानीकर्ता दबाब समूहका एक सदस्य नयन बास्तोलाले बताए। "यही साता टी प्लस टु लागु भयो। जसले तीन दिनमा आउने रकम दुई दिनमै आउन थालेको छ। तीन दिनमा चलाउने रकम दुई दिनमै लगानीकर्ताले चलाउन पाएका छन्। त्यसैले दैनिक कारोबार रकम बढेको हो" बास्तोलाले मेरो लगानीसँग भने। ...

Read More
  • MBL - below news