माघ १७, काठमाडौं । सिद्धार्थ बैंकको १९ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफबाट घोषणा गरेको १५ प्रतिशत लाभांश पारित गरेको छ ।
शुक्रवार सम्पन्न कम्पनीको साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो ।
कम्पनीका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न सभा अनलाइन (भर्चुुअल) माध्यममार्फत भएको थियो ।
साथै, कम्पनीको वार्षिक साधारण सभामाभएको निर्वाचनबाट संचालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट मनोज कुमार केडिया, नरेन्द्र कुमार अग्रवाल र राहुल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनी समूहकोतर्फबाट दिनेश शंकर पालिखे र अंकित केडिया निर्विरोध निर्वाचित भएका छन् ।