निष्क्रिय कर्जाले थलियो स्ट्यान्डर्ड चार्टर्ड बैंक, व्यवसायको आकार पनि घट्दै


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
निष्क्रिय कर्जाले थलियो स्ट्यान्डर्ड चार्टर्ड बैंक,  व्यवसायको आकार पनि घट्दै

काठमाडौं । कोभिड–१९ पछि बैंकिङ क्षेत्रको अवस्था कस्तो होला भन्ने जोखिम देखिएको थियो । यतिबेला यो जोखिम एक प्रकारले टरेको जस्तो देखिएको छ । कोरोनापछिको ‘न्यू–नर्मल’ अवस्थामा बैंकहरुले ल्याएको रिपोर्टले अहिले कोभिडको पहिलो संकटलाई बैंकहरुले एक प्रकारले सामना गर्न सफल भएको देखिन्छ । 

किङ क्षेत्र आफैंमा वृहत्तर क्षेत्रको प्रभाव पर्छ । एउटा क्षेत्रमा समस्या पर्दा त्यसलाई सजिलै सामना गर्ने क्षमता बैंकसँग हुन्छ । कोभिड–१९ महामारीले सबै क्षेत्रमा प्रभाव पार्दा भने यसले बैंकिङ क्षेत्रमा संरचनागत जोखिम सम्भावना देखिएको थियो । तर, पछिल्लो समय यो समस्यालाई बैंकहरुले ‘डिल’ गर्न सफल भएको देखिएको छ । तर, एकाध बैंकमा भने अहिले पनि यस्तो समस्या देखिएको छ । 
सबैभन्दा धेरै विदेशी लगानी र विदेशी व्यवस्थापन समेत भएको स्ट्यान्डर्ड चार्टर्ड बैंक यही बैंकमध्येको एउटा बैंक हो । कोरोना भाइरस महामारीपछि एक वर्षमा यो बैंकको वित्तीय अवस्थामा निकै ठूलो उचारचढाव देखिएको छ । बैंकका अधिकांश सूचकहरु नकारात्मक देखिएका छन् ।

Read More
  • MBL