अब २५ प्रतिशत अग्रिम रकम नदिए दोस्रो बजारमा शेयर किन्न नपाइने, बोर्डले दियो यस्तो निर्देशन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अब २५ प्रतिशत अग्रिम रकम नदिए दोस्रो बजारमा शेयर किन्न नपाइने, बोर्डले दियो यस्तो निर्देशन

नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरूलाई २५ प्रतिशत रकम लिएर मात्रै शेयर खरिद गर्न निर्देशन दिएको छ।

 

बोर्डले बिहीबार ५० वटै ब्रोकर कम्पनीहरूलाई लगानीकर्ताहरूबाट अग्रिम रुपमा २५ प्रतिशत रकम लिएर मात्रै शेयर किन्न निर्देशन दिएको धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुङ्गानाले बताए। यसअघि ब्रोकर कम्पनीले २५ प्रतिशत अग्रिम रकम लिन पाउने व्यवस्था रहेको भएपनि उनीहरूले उक्त रकम लिने गरेका थिएनन्। बजारको जोखिमलाई मध्यनजर गर्दै अब भने शेयर किन्दा अनिवार्य लगानीकर्ताबाट २५ प्रतिशत अग्रिम रकम लिनै पर्ने भन्दै बोर्डले निर्देशन दिएको हो। "नियममा व्यवस्था भए अनुसार अनिवार्य उक्त रकम लिनै पर्ने भनेर बिहीबार निर्देशन दिएका छौ" ढुङ्गानाले मेरो लगानीसँग भने।

उक्त रकम नलिई कारोबार गर्नेलाइ भने अब छुट हुने छैन। त्यसरी रकम नलिई कारोबार गरेको फेला परे नियम अनुसार कारबाही अघि बढाउने ढुङ्गानाले बताए।

बिहीबार नै बोर्डले ब्रोकर कम्पनीलाई दोस्रो निर्देशन दिएको छ। बिक्री गरेको शेयरको राफसाफ अनिवार्य टि प्लस टु मा सक्न अर्को निर्देशन दिएको हो। बिक्री गरेको शेयरको रकम तेस्रो दिनमा अनिवार्य लगानीकर्तालाई उपलब्ध गराउन निर्देशन दिइएको उनले बताए।

यसअघि लगानीकर्ताले बिक्री गरेको शेयरको भुक्तानी पाउन ढिलाइ भएको गुनासो गर्दै आएका थिए। सोही कारण बोर्डले ब्रोकर कम्पनीहरूलाई समयमानै रकम भुक्तानी गर्न निर्देशन दिएको हो।

Read More
  • MBL - below news