बजार पूँजीकरणमा नेपाल पुनर्बीमालाई नबिल बैंकले उछिन्यो , नेपाल दुरसञ्चारको अग्रता कायमै


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बजार पूँजीकरणमा नेपाल पुनर्बीमालाई नबिल बैंकले उछिन्यो , नेपाल दुरसञ्चारको अग्रता कायमै

काठमाडौं । नेपालको शेयर बजारको आकार अर्थात कुल बजार पूँजीकरण रकम रू. ३२ खर्ब ६६ अर्ब ७५ करोड ८० लाख २४ हजार कायम भएको छ । कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा नेपाल दुरसञ्चार कम्पनीको कायमै रहेको छ । नेपाल पुनर्बीमा कम्पनीको कुल बजार पूँजीकरण रू. २ खर्ब २ अर्ब २० करोड पुगेको छ । कम्पनीको अन्तिम शेयरमूल्य बिहीवार रू. १ हजार ३४८ कायम भएको छ ।

यो साता नेपाल पुनर्बीमा कम्पनीलाई नबिल बैंकले उछिनेको छ । गत साता सर्वाधिक कुल बजार पूँजीकरण हुनेमा तेस्रो नम्बरमा रहेको नेपाल पुनर्बीमा कम्पनी यस वर्ष चौथोमा पुगेको छ । दोस्रोमा नेपाल लाइफ र तेस्रोमा नबिल बैंक रहेको छ ।

गत साता रू. १ खर्ब ५१ अर्ब ५० करोड रहेको नेपाल पुनर्बीमा कम्पनीको कुल बजार पूँजीकरण यो साता रू. १ खर्ब ५२ अर्ब ३० करोड पुगेको छ । गत साता रू. १ खर्ब ४९ अर्ब ४९ करोड ४० लाख ९६ हजार बजार पूँजीकरण रहेको नबिल बैंकले नेपाल पुनर्बीमा कम्पनीलाई पछि पार्दै रू. १ खर्ब ५४ अर्ब ३४ करोड ४७ लाख ८१ हजार पूँजीकरण कायम गरेको छ ।

Read More
  • MBL - below news