कहाँ पुग्यो एनसेलसहित दुई दूरसञ्चार कम्पनीको आईपिओ ल्याउने तयारी ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कहाँ पुग्यो एनसेलसहित दुई दूरसञ्चार कम्पनीको आईपिओ ल्याउने तयारी ?

नेपालका तीन ठूला दूरसञ्चार कम्पनीले नेपालमा आईपिओ निष्काशन गर्ने तयारी थालेका छन् । बिशेषगरी नेपालकै सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेल सहित डिस मिडिया नेटवर्क(डिसहोम), तेस्रो ठूलो दूरसञ्चार कम्पनी वल्ड्रलिङ्क पनि सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएका हुन् ।

नेपालका साना तथा ठूला दूरसञ्चार कम्पनी पब्लिक कम्पनीमा जाने क्रममा छन् । नेपालमा दूरसञ्चार कम्पनीहरु अनगिन्ती भएपनि पब्लिक कम्पनीमा गएर आईपीओ निष्काशन गर्ने कम्पनीमा नेपाल टेलिकम एक्लो छ ।

पाँच करोड माथिका कम्पनीहरु पब्लिकरुपमा जान लागिसकेका छन भने केहि कम्पनी प्रक्रियामा छन् । तर, एनसेल,वल्ड्रलिङ्क,डिसहोम लगाएतका कम्पनीहरु भने आईपिओ निष्कासनमा जुटिसकेका छन् ।

मोबाइल सेवाप्रदायक कम्पनी एनसेल गत साउन तेस्रो साता एनसेल पब्लिक कम्पनीमा गएको जनाएको थियो । विगत केहि बर्षदेखि आईपीओ निष्काशन गर्ने चर्चा चलेपनि एनसेलको पुँजीगत लाभकर विवादका कारण कुनैपनि कार्य अघि बढाउन सकेको थिएन् । एनसेलले लाभकर विवाद टुङ्ग्याएपछि पब्लिक कम्पनीमा गएको थियो ।

१० करोड चुक्तापूँजी रहेको एनसेलले शेयर जारी गर्ने प्रक्रियामा अगाडी बढिसकेको बताएको छ । एनसेलका एक अधिकारीका अनुसार एनसेलले शेयर निष्काशनको बिषयमा धितोपत्र बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय गरिरहेको छ । ‘के कति शेयर निष्काशन गर्ने भन्ने बिषय छलफलकै क्रममा रहेकाले खुलाउन मिल्दैन’ ती अधिकारीले भने ।

डिस मिडिया नेटवर्कलेपनि आईपीओ निष्काशन गर्ने चर्चा चलेपनि शेयर निष्काशन कहिले हुने टुङ्गो लागिसकेको छैन् । डिसहोम २०७४ सालमै पब्लिक कम्पनीमा गइसकेको थियो ।

डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्यले कम्पनीले सबै प्रक्रिया पुरा गरिसकेको र धितोपत्र बोर्डको अनुमति मात्रै पर्खिरहेको बताए । उनका अनुसार वोर्डले अनुमति दिएको खण्डमा आईपीओ निष्काशन गर्न कुनै समस्या रहेका छैन् ।

त्यसैगरी नेपालकै तेस्रो ठूलो दूरसञ्चार कम्पनी वल्ड्रलिङ्कले पनि आईपिओ निष्काशन गर्न गृहकार्य सुरु गरेको छ । कम्पनीले गत केहि महिना अगाडी २५ औं बार्षिक उत्सव मनाउदै आईपीओ ल्याउने घोषणा गरेको थियो ।

कम्पनीका अध्यक्ष दिलिप अग्रवालले आईपीओका लागी कम्पनीले गृहकार्य सुरु गरेको र यसबारे नियामकसँग पनि समन्वय भइरहेको बताएका छन् । ‘हामी तत्कालै आईपीओ ल्याउने अवस्थामा छैनौं, भर्खर गृहकार्य हुँदैछ समय लाग्छ’ । कुन मोडलमा कति ल्याउने भन्ने बिषय अहिले प्रारम्भिक चरणमा नै रहेको उनको भनाई छ ।

Read More
  • MBL - below news