स्टक डिलर कम्पनीले मागेको शेयर विश्लेषकले कति पाउछ तलव, के के चाहिन्छ योग्यता ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
स्टक डिलर कम्पनीले मागेको शेयर विश्लेषकले कति पाउछ तलव, के के चाहिन्छ योग्यता ?

नागरिक स्टक डिलर कम्पनीले शेयर विश्लेषकको लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले एक जना आधारभूत विश्लेषक (फण्डमेन्टल एनलिस्ट ) र एक जनाको प्राविधिक विश्लेषक (टेक्निकल एनलिस्ट) माग गरेको हो । कम्पनीले करार सेवामा रहने गरी यी विश्लेषक माग गरेको हो । कम्पनीले इच्छुक तथा योग्य आवेदकलाई १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । आवेदन शुल्क ३ हजार तोकिएको छ । 

कम्पनीले विश्लेषक नियुक्त गर्नको लागि कार्यविधि बनाएको छ ।  कार्यविधि अनुसार कम्पनीले छनौट उपसमिति गठन गर्ने छ ।  उपसमितिको संयोजक कम्पनीका एक जना संचालक रहने छन् ।   सदस्यहरुमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र समितिले तोकेको पदपूर्तिसँग सम्बन्धित विज्ञ रहने छन् ।   कम्पनीको प्रशासन प्रमुख छनौट उपसमितिको सचिव रहने छन् ।   

Read More
  • MBL - below news