काठमाण्डौ। पछिल्लो समय धितोपत्रको दोस्रो बजार गुल्जार भइरहेको छ। नेप्से सूचक २४५० हाराहारी पुगेको छ भने दैनिक कारोबार रकमसमेत झन्डै १० अर्ब रुपैयाँ हुन थालेको छ।
छोटो समयमा बजारमा आएको उछालले लगानीकर्तामा उच्च मनोबल बनाइरहेको देखिन्छ। यसै सेरोफेरोमा हामीले बजारका केही चिरपरिचित लगानीकर्तालाई बजारको पछिल्लो अवस्थालाई कसरी नियाल्नु भइरहेको छ भन्ने जिज्ञासा राखेका छौँ।
धेरै वर्षपछि बजारले बल्ल मुभमेन्ट लिइरहेको व्यवसायी तथा ठूला लगानीकर्ता राजेन्द्र खेतान बताउँछन्। ‘न्यून ब्याजदर, सकारात्मक सरकारी दृष्टिकोण र करका विषय समाधान भइसकेकाले हाल सेयर बजारमैत्री वातावरण रहेको खेतानको ठहर छ। बजारको दायरा बढेसँगै सूचक बढ्नु स्वभाविक रहेको उनको भनाइ छ।







