हिमालयन डिष्टिलरीको ५० प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
हिमालयन डिष्टिलरीको ५० प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा

माघ १६, काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना शेयरधनीहरुको बैंक खातामा नगद लाभांश गरिदिएको छ । कम्पनीको गत पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत नगद लाभांश शेयरधनीले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा जम्मा गरिदिएको हो ।  

हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न अनुरोध गरेको छ । 

आफ्नो शेयरको प्रमाणपत्रहरु अभौतिक नगरेका शेयरधनीहरुको हकमा बैंक खाता अपडेट र आफुसँग भएको शेयर प्रमाणपत्रहरु अभौतिक गराए पश्चात कम्पनीले सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिने छ । 

Read More
  • MBL - below news