चन्द्रागिरी हिल्सले शेयर रजिष्ट्रार नियुक्त गर्यो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
चन्द्रागिरी हिल्सले शेयर रजिष्ट्रार नियुक्त गर्यो

काठमाडौं । चन्द्रागिरी हिल्स लिले कम्पनीको शेयररजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सो सम्बन्धमा शुक्रबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा चन्द्रागिरी हिल्स र क्यापीटलबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा चन्द्रागिरी हिल्सको तर्फबाट वित्त प्रमुख विष्णु गौतम र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन ।  

हालै मात्र स्थानिय बासिन्दा र सर्वसाधारणमा शेयर जारी गरी शेयर आवेदन गर्ने सबै नेपाली नागरिकलाई १ वर्षसम्म केबुलकारको टिकट यात्रामा २५ प्रतिशत छुट दिई आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्ने घोषणा गरेको थियो ।  चन्द्रागिरी हिल्स लि.को अधिकृत पुँजी २ अर्ब रुपैयाँ र जारी पुँजी. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ ।

Read More
  • MBL - below news